देशका अधिकांस स्थानमा वर्षा, बाँकी भेगमा पूर्ण वदली

युग संवाददाता     186 पटक पढिएको    

देशका अधिकांस स्थानमा वर्षा, बाँकी भेगमा पूर्ण वदली

 

धनगढी । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली भएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको अनुमान छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जिरीमा ५१ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।



शुक्रबार १४, असार २०८१ ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal