अन्तरलिङ्गीको विविधताबारे  बृहत अन्तरक्रिया

युग संवाददाता     157 पटक पढिएको    

अन्तरलिङ्गीको विविधताबारे  बृहत अन्तरक्रिया

धनगढी । अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, समाज नै अलमलमै रहेकाले मानवअधिकारको हनन भइरहेको उनको भनाई छ । अन्तरलिङ्गीको विविधताबारे जानकारी दिन आयोजित कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले आफूले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको जानकारी पाएको बताए ।

उनले छोराको बढी चाहना राख्ने नेपाली परम्पराका कारण शिस्न र योनी भएका बालबालिका जन्मने बित्तिकै शल्यक्रियाको चपेटामा परेको थुप्रै घटना रहेको बताए । उनले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला–पुरुषको बाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदा मात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिन सक्छन्, भन्दै व्यक्ति वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायतका बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गीले गुज्रनु परेको यथार्थ रहेको उनको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघका सचिव हेमकर्ण विकले विगतमा भन्दा हाल यौनिक तथा अल्पसङ्ख्यक समुदायका विविधताबारे लेख, रचना, समाचार बढी लेखिने गरेको बताए । उनले यौनिक तथा अल्पसङ्ख्यक समुदाय भनेर सबै किसिमको यौनिक पहिचानलाई बुझाउन सकिन्न, भन्दै अन्तरलिङ्गीलगायत फरक पहिचान भएका व्यक्तिको वर्गीकृत तथ्याङ्क आउनुपर्छ र उहाँहरूलाई सम्बोधन हुने कानुनसमेत बन्नुपर्ने बताए ।



आइतबार ०९, असार २०८१ ०७:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal