संसदमा निति तथा कार्यक्रम प्रस्तुत भए  काग्रेंसले बजेट पास गर्न नदिने

युग संवाददाता     238 पटक पढिएको    

संसदमा निति तथा कार्यक्रम प्रस्तुत भए  काग्रेंसले बजेट पास गर्न नदिने

धनगढी  जेठ २९ / नेपाली काग्रेंस सुदुरपश्चिम संसदिय दल सरकार माथी खनिएको छ । संसदमा निति तथा कार्यक्रम प्रस्तुत भएपछि बिरोधका कार्यक्रम रोकेको काग्रेंस फेरी बिच्किएको हो । आज संसदिय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै बजेट निति तथा कार्यक्रम अनुसारनै आए पास हुन नदिने काग्रेंसले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टी संसदिय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री समेत रहेका कमल शाहले नीति तथा कार्यक्रम गलत रहेको र उक्त नीति तथा कार्यक्रम अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए।

‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ ’ उनले भने, ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ । ’उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए । ‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा आएका छन् ’ उनले भने ‘खल्तीका आयोजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन आज पनि त्यहि भइरहेको छ। हामी त्यसको विरोध गर्छौ । ’

बिचौलियाको बिगबिगी भन्दै उनले बिचौलिया केन्द्रित बजेट आए पास गर्न नदिने बताए । संघीय अनुदान कम आएको बेला सरकारले बढि बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको भन्दै त्यसको विरोध गरेका थिए । ‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु यो दुर्भाग्य हो । यता तर्फ सरकारलाई गम्भीर बन्न आग्रह गर्दछु ’ उनले भने । । उनले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडी बढ्न पनि आग्रह गरेका थिए ।

शाहले सरकारले गलत काम गरिरहेको भन्दै तत्काल सच्चिनु पर्ने बताएका थिए । ‘५४ दिनमा सरकारले पूर्णता पाएको छ । आज मन्त्रालय भन्दा बढि मन्त्री छन् । सुदूरपश्चिमको लागि दुर्भाग्य हो। मन्त्रालय फुटाउने काम गरिँदै छ भन्ने सुन्दै छु ’ उनले भने, ‘सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ । मन्त्रालय टुटाएर फुटाएर राज गर्न कुराको विपक्षमा छौँ हामी ।’



मङ्गलबार २९, जेठ २०८१ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal