विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

युग संवाददाता     248 पटक पढिएको    

विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका९७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० भरत शाहले जानकारी दिए ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेका अनुसार धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता थिए । अनुभवी व्यक्तिको पनि कसरी ज्यान गएको भन्नेबारे आफूहरु पनि अचम्मित भएको उनले बताए ।



सोमबार २८, जेठ २०८१ ०१:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal