कैलालीमा भन्सार छलीका सामान बरामद

युग संवाददाता     185 पटक पढिएको    

कैलालीमा भन्सार छलीका सामान बरामद

 

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल,  भजनि नगरपालिका–३ ठेकीपुल टिकापुरनगरपालिका–६ बेलुवा चोक भित्रि सडक खण्डबाट अवैैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख,  १३ हजार, ६५० बराबरको प्याज, चिनी, अचार, सुर्ती, युरिया मल, स्याम्पु, कुरकुरे, गाडीको बुस, ईन्भटर, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको हो। त्यसैगरी धनगढी उपमहानगरपालिका–।४ उत्तरबेहडी गन्तव्य रिसोर्ट नजिकबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ८५, हजार, १८० बराबरको मोबाईल कभर २३९ पिस, मोबाईलको ग्लास १३० पिस सहित धनगढी उपमहानगरपालिको ८ धनगढीगाँउका २२  वर्षीय रबि रानालाइ पनि प्रहरीले पक्राउ गरेको हो।

रानालाइ मोटरसाइकल सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।



बुधबार ०९, जेठ २०८१ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal