‘इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन’

युग संवाददाता     263 पटक पढिएको    

‘इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन’

 

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन् । इरानको सरकारी मिडियाका अनुसार राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्नेछ ।

इरानी सञ्चारमाध्यमले बाहिर आएको जानकारी अनुसार अवस्था राम्रो नभएको दाबी गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङ हुने अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।



सोमबार ०७, जेठ २०८१ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal