नेविसंघ कैलालीद्धारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

युग संवाददाता     182 पटक पढिएको    

नेविसंघ कैलालीद्धारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र


धनगढी, १ जेठ सहकारी बिवादमा गृहमन्त्री तानिएपछि कार्वाहीको माग गर्दै नेवि संघ कैलालीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेविसंघ कैलालीले प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुँवरको नेतृत्वमा विद्यार्थी हकहितका विषयमा विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

सहकारी बचतकर्ताको रकम फिर्ता गराई सहकारीको समस्यालाई दिगो रुपमा समाधान ल्याएर सहकारी बिवादमा मुछिएकालाई कानुनि दायमा ल्याउनुपन, सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तित्वहरुलाई कानुनको दायरामा ल्याउन निष्पक्ष संसदीय छनविन समिती गठन गर्नुपर्ने, विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक–२०८० तत्काल लागू गर्नुपर्ने, सरकारले उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर, विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, संचालन, नियमन व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धि विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको नेवि संघ कैलालीका अध्यक्ष मनिष कुँवरले जानकारी दिए ।



मङ्गलबार ०१, जेठ २०८१ ०१:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal