रविको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति नै कांग्रेसको बटमलाइन

युग संवाददाता     164 पटक पढिएको    

रविको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति नै कांग्रेसको बटमलाइन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । 

सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।

उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने, ‘यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।’

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।



सोमबार ३१, बैशाख २०८१ ०१:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal