इलाममा एमाले  उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कांग्रेस चौथो वडामा पर्‍यो पछि

उपनिर्वाचन

युग संवाददाता     169 पटक पढिएको    

इलाममा एमाले  उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कांग्रेस चौथो वडामा पर्‍यो पछि

 

इलाम । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेकपा एमाले अगाडि लागेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका हुन् ।

प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन् । हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार १९६, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत प्राप्त गरेका छन्।  

सुहाङ ३४६ मतले अग्रता बनाएका हुन् । 


मात्र दुई ठाउँमा राखेर गणना गर्दा ढिलाइ भएको हो । त्यसपछि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको मतपत्र गणना हुनेछ ।

शनिबार भएको मतदानमा इलाम २ मा ५९।७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । नेम्वाङको गत भदौमा निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । एमालेबाट उनकै छोरा सुहाङ मैदानमा छन् । 



आइतबार १६, बैशाख २०८१ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.