प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस महामन्त्री शर्माको खुला अपील

युग संवाददाता     161 पटक पढिएको    

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस महामन्त्री शर्माको खुला अपील

 

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपील गर्दै रास्वपाको माग अनुसार २०४७ साल यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारेअनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नसमेत आग्रह गरेका हुन् ।

उनले लेखेका छन् – सम्माननीय लाई सार्वजनिक अपील 
१, विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर ‘उच्चस्तरीय छानबिन समिति’ को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौँ । 
२, सहकारी ठगीबारे ‘संसदीय छानबिन समिति’ गठन गरौँ ।’

रास्वपाले पहिलो नम्बरमा सहमति जनाएको भए पनि दोस्रो बुँदामा भने सहमति जनाएको छैन । 

सहकारी ठगीमा रास्वपाकै सभापति रवि लामिछानेसहितका नेताहरु मुछिएका समाचार प्रमाणसहित सार्वजनिक भएपछि रास्वपा पछाडि हच्केको छ । 

त्यतिमात्र नभइ सत्ता गठबन्धन पनि छानबिन समिति गठन गर्न हच्केको छ । 

अधिकांश सहकारीहरु एमालेकै नेतृत्वमा भएका कारणसमेत एमाले पनि हच्केको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सत्ता ढल्ने भयले संसदीय छानबिन समिति गठन गर्न नहुने बताउँदै आएका छन् । त्यस्तै तेस्रो पटक प्रधानमन्त्री खाइरहेका प्रचण्ड २०४७ सालयता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन पनि राजी छैनन् । 

नेताहरु आफैँ फस्ने त्रासकै कारण राजी हुन नसकेका हुन् । 



मङ्गलबार २७, चैत २०८० ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.