मिडिया कप फुटसलमा एसटिएस टेलिभिजन च्याम्पियन

खेलकुद

Yugnepal     1162 पटक पढिएको    

मिडिया कप फुटसलमा एसटिएस टेलिभिजन च्याम्पियन

मिडिया कप फुटसलमा एसटिएस टेलिभिजन च्याम्पियन

धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ। आज भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि जितेको हो। एसटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २÷२ गोल गरे। उपाधिसंगै एसटिएसले नगद १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजार सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ। 

यसअघि आजै भएका सेमीफाईनलको पहिलो खेलमा पश्चिम टुडेले धनगढी एफएमलाई ८–३ ले पराजित गरेको थियो भने एसटिएसले वावा टेलिभिजनलाई १४–१ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए। यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटिएसका सागर शाह भए। प्रतियोगितामा फेयर प्ले अवार्ड भने दिनेश एफएमले जितेको छ। यस्तै प्रतियोगिता गर्न महत्वपूर्ण योगदान पुगाएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको छ। 

प्रदेश सभा सदस्य हर्क कुँवर गोविन्दको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको हो। कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका बरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह लगायतको पनि सहभागिता रहेको थियो। 



बुधबार ०८, जेठ २०७६ ०४:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal