सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिश्पर्धा गर्दै

युग संवाददाता     56 पटक पढिएको    

सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिश्पर्धा गर्दै

 

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज पहिलो क्वालिफायर खेल हुँदैछ।

त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।


सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोलीले इलिमिनेटरबाट जितेको टीमसँग खेल्ने मौका पाउनेछ ।।



मङ्गलबार २४, मङि्सर २०८२ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal