सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ  ः पौडेल

युग संवाददाता     124 पटक पढिएको    

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ  ः पौडेल

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् । सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे । मंगलवार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे । 


पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाई थियो । उहाँले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद पौडेलले भने,‘नेपाली कांग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौँ–कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौँ । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चिरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली कांग्रेस सत्तामा जाँदै गर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो रु भन्ने कुरा प्रस्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरूको अन्त्य कसरी गर्ने हो रु त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौँ । नेपालको समृद्धि हामीले कसरी गर्दैछौं रु नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं रु नेपालका तमाम शैक्षिक संस्थाहरू हामीले कसरी सुधार गर्दैछौं रु नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरूको पहुँच कसरी स्थापित गर्दैछौं रु वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्यूनीकरण गरेर लाँदैछौ रु यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौँ ।’



मङ्गलबार १३, चैत २०८० ०१:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.