सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

युग संवाददाता     399 पटक पढिएको    

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

 

धनगढी। सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

सोमवार सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो। बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश नियुक्त गरेका हुन्।पदभार ग्रहणपछि मियाँले सुदूरपश्चिम प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे।

‘म प्रदेशमा रहँदासम्म इमान्दारिताका साथ काम गर्नेछु। कसैसँग पक्षपात गर्नेछैन। सम्पूर्ण जनतालाई समान ब्यवहार गर्नेछु, उनले भने। प्रदेश प्रमुख मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए। ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्‍यो भनून, म कानुनबमोजिम जनताको पक्षमा काम गर्नेछु, उनले भने। मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए। नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत रहेका नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्।



शुक्रबार ०२, चैत २०८० ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal