लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैको दायित्व - ओली

युग संवाददाता     132 पटक पढिएको    

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैको दायित्व -  ओली

एमालेलाई हेप्ने खोज्नेहरूले धोका खान्छ – ओली

    
 महेन्द्रनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “कसैले पनि एमाले सक्कियो भन्ने ठान्नेहरू आफैं सिद्धिने” बताएका छन् । उनले एमालेलाई हेप्न खोज्नेहरूले आफैं धोका खाने पनि बताए ।

आज बिहीबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा ६ को कार्यालय भवन उद्घाटनका क्रममा अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफूसँग संसदमा बहुमत रहेको भ्रममा रहेकोले धोका पाएको टिप्पणी गरे ।

उनले भने– अहिले किन काँग्रेस सरकारबाट हट्यो र उसलाई संसदमा बहुमत मात्रै होइन, दुई तिहाई बहुमत नै छ जस्तो भ्रममा रह्यो । आफूलाई कसले हल्लाउन सक्ने  जस्तो ठान्यो, संसदमा एमालेलाई देख्दै देखेन । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले “लोकतान्त्रिक प्रणालीमा फरक फरक सिद्धान्त र विचारका दलह रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैको दायित्व र भूमिका रहेको” चर्चा गरे । एमाले अध्यक्ष ओली एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटनका लागि आज बिहीबार बिहान आइपुगेका हुन् ।



बिहिबार ०१, चैत २०८० ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.