डडेल्धुरा परशुरामको कार्यपालिका बैठकमै हाकिममाथी कुटपिट

युग संवाददाता     266 पटक पढिएको    

डडेल्धुरा परशुरामको कार्यपालिका बैठकमै हाकिममाथी कुटपिट


डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत हाकिम माथि कृटपिट भएको छ। नगरपालिकाको बैठकमा अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कुटपिट गरेको बताइएको हो।

कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। कुटपिट घाईते भएका प्रशासकिय अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।स्थानीय पत्रकार पदम जोराका अनुसार आज  बिहीबार  बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरिएको हो।


घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए 



बिहिबार ०१, चैत २०८० ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal