नयाँ मन्त्रीलाई सपथ खुवाएसँगै गयो सुदुरपश्चिमका प्रदेश प्रमुखको पद

युग संवाददाता     264 पटक पढिएको    

नयाँ मन्त्रीलाई सपथ खुवाएसँगै गयो सुदुरपश्चिमका प्रदेश प्रमुखको पद

 


धनगढी। सरकारले सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त  गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्।

साथै गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई समेत हटाउने निर्णय गरेको छ।मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।


गण्डकी प्रदेशमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र रहेका थिए। रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी,गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको शर्माले बताइन्। उनले प्रदेश सरकार र केन्द्र सरकारबीच आवश्यक समन्वय गर्नका लागि प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्त गरिएको बताइन‍्।



सोमबार २८, फागुन २०८० ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal