कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी, पुलमा पनी सल्कीयो आगो

युग संवाददाता     282 पटक पढिएको    

कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी, पुलमा पनी सल्कीयो आगो

 

धनगढी। कैलालीको कर्णाली पुलमा आगलागी भएको छ। कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएपछि आगो पुलमा समेत सल्किएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ


लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ। लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको जानकारी आएको छ ।आगो निभाउने प्रयास जारी छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।कर्णाली पुलको लट्टामा समेत आगलागी हुँदा पुल समेत जोखिममा परेको छ।



सोमबार २८, फागुन २०८० १२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal