गाउँपालिकाको मूल ढोकामा राखिएको ‘बाल्टिन बम’ सेनाद्वारा निस्कृय

देश

Yugnepal     904 पटक पढिएको    

गाउँपालिकाको मूल ढोकामा राखिएको ‘बाल्टिन बम’ सेनाद्वारा निस्कृय

गाउँपालिकाको मूल ढोकामा राखिएको ‘बाल्टिन बम’ सेनाद्वारा निस्कृय

बझाङ, जेठ ७ । बझाङको छबिस पाथीभेरा गाउँपालिकाको कार्यालयमा राखिएको बाल्टिन बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निस्कृय पारेको छ । मंगलबार गाउँपालिकाको मूल ढोकामा अज्ञात समूहले बाल्टिन बम राखेको फेला परेपछि जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर उक्त बम निस्कृय पारेको हो ।

सोमबार राति नै कुनै अज्ञात समूहले गाँउपालिकाको कार्यालयको मूल ढोकामा बम राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थालमा अटिएका असइ मदन धामीका अनुसार गाउँपालिकाको मूल गेटमा राखेको बाल्टिन बम दिउँसो ३ बजे नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निस्कृय पारेको हो । बाल्टिन बमको वरीपरि सेतो कागजमा पुलिस दमन बन्द गर, भ्रष्ट गाउँपालिकाका अध्यक्ष अक्कल धामी मुर्दाबाद, ६२० भ्रष्टहरु मुर्दावाद लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको बाहिरी सिसि क्यामेरा जडान गरिएको भएपनि उक्त सिसि क्यामेरा समेत च्यातेर फालेको प्रहरीले जनाएको छ । गाउँपालिकाको मुल गेटमा नै बम फेला परेपछि यहाँका कर्मचारी, जनप्रतिनिधिका साथै स्थानीय बासिन्दाहरु समेत त्रसित भएका छन् । उक्त बम अरु कसैले नभएर नेत्रविक्रम चन्द विप्लव समूहले राखेको हुन सक्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीले बताए ।

गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताहरु चन्दा माग्न गएका र चन्दा नदिएपछि बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले उक्त ठाँउको अवस्था सामान्य रहेको र शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको डीएसपी केसीले बताए ।



मङ्गलबार ०७, जेठ २०७६ ०४:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal