निवर्तमान मन्त्री धामी भोली मात्रै निवास छोड्ने

युग संवाददाता     174 पटक पढिएको    

निवर्तमान मन्त्री धामी भोली मात्रै निवास छोड्ने


धनगढी  / मुख्यमन्त्री कमल बहादुर शाहबाट बर्खास्त भएका सुदुरपश्चिमका निबर्तमान उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिंह धामी भोली मात्रै मन्त्री निवास छोड्ने भएका छन् । माओवादीको तर्फबाट सामाजिक बिकास मन्त्री झपट साउँद, राज्यमन्त्री गिता माल संगै मंगलबार बर्खास्त भएका निबर्तमान मन्त्री धामीले घरमा निर्माण कार्य भइरहेका कारण भोली मात्रै मन्त्री निवास छोड्ने बताएका छन् । मन्त्री निवासमै पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले ९ महिनामा गरेका काम सार्वजनिक गरेका धामीले आज मन्त्री निवासमै बस्ने बताए । म आज यतै बस्छु उनले भने “भोली मात्रै घर सर्छु, मैले बिगतमा सुन्ने गरेको थिए मन्त्रीले निवासमा रहेका समानपनि लगे भनेर, मेरो हातबाट त्यस्तो हुँदैन, मैले घरबाट म, श्रीमती, छोरा र छोरीका लागी ल्याएका लत्ता कपडा, बाहेक यहाँबाट केही लादैन, म निस्ठाको राजनिति गर्ने मान्छे हुँ, मेरो हातबाट गलत केही हुँदैन ।”

धामीले ९ महिने सरकारमा धेरै काम गर्न खोजेपनि जनभावना अनुसार काम गर्न नसकेको स्वूकार गरे । मैले सोचेको धेरै थिए, अनुभवको अभाव, बजेट निर्माणमा पुर्ण समय नपाइनु, कानुनी अड्चनका बावजुतपनि हामीले राम्रै काम गरेका छौँ उनले भने “बिगतमा भएका गल्ती हामीले सुधारेका छौँ, पहुँचका भरमा योजना नभई आवश्यक्ताका आधारमा वितरण गरेका छौँ, नितिगत सुधार भएको छ, सुशासन कायम भएको छ, बनबाटै धेरै रोजगारी श्रृजना गरेका छौँ, हामीले सक्दो काम गर्ने प्रयास गरेका छौँ ।”


मन्त्रालयको नेतृत्वमा रहँदा विभिन्न अभावका बीच छोटो समयमा जनतामा सन्देश पैदा हुने गरि महत्वपूर्ण काम गरिएको उनले बताए । उनले भने ‘बजेट निर्माणको अन्तिम समयमा मन्त्रालयको नेतृत्व सम्हालेको थिए । बजेट कार्यान्वयनको बेला जिम्मेवारीबाट विदा हुन लाग्दा जनअपेक्षाअनुसार काम भएको नदेखिएपनि सीमित स्रोतसाधन, कर्मचारीको अभाव, आवश्यक कानुनी र नीतिगत समस्या र अनुभवको कमीका वावजुद छोटो समयमा केही सकरात्मक काम भएका उनले भने ‘सेवा प्रवाहलाई प्रभावकारी बनाउने, फजुल खर्चलाई निरुत्साहित,सुशासन कायम हुने गरी नीति तथा कार्यक्रम तय गरिनुका साथै मन्त्रालयको क्षेत्राधिकारभित्रका योजनामा मात्र वजेट विनियोजन गर्ने पद्धति बसाउने प्रयास गरिएको छ ।’



बुधबार २३, फागुन २०८० ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.