कैलाली र कञ्चनपुरमा एकैदिन १६ जना फरार प्रतिवादी पक्राउ

युग संवाददाता     108 पटक पढिएको    

कैलाली र कञ्चनपुरमा एकैदिन १६ जना फरार प्रतिवादी पक्राउ

 

धनगढी  कैलाली र कञ्चनपुरमा फरार प्रतिवादीहरु पक्राउ क्रमलाई तिव्रता दिईएको छ । दुवै जिल्लामा नयाँ एसपीहरु आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । न्युन सजाय भएका तथा लामो समयदेखी फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थप ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यस अघि विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको थियो । यस्तै कञ्चनपुरमा प्रहरीलेपनि शुक्रबार मात्रै १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ ।


कैलालीमा पक्राउ परेका फरार प्रतिवादीहरु


१। लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी १३ बस्ने बर्ष २२ को सुरज राना, १ महिना २४ दिन कैद ।
२। लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी ११ बस्ने बर्ष १७ को संजय राना, १ महिना २४ दिन कैद ।
३। लागुऔषध मुद्दाका जिल्ला कैलाली धनगढी १३ बस्ने बर्ष २२ को रबि राना, १ महिना २४ दिन कैद ।
४। कुटपिट मुद्दाका जिल्ला कैलाली लम्कीचुहा ०९ बस्ने बर्ष ६९ को पदम बहादुर बिष्ट, रु।२,०००। जरिवाना ।
५। वन पैदवार मुद्दाका जिल्ला कैलाली घोडाघोडी ०८ बस्ने बर्ष ३८ को प्रेमलाल चौधरी, रु। ७०,२२०। जरिवाना ।
६। वन मुद्दाका जिल्ला कैलाली कैलारी ०६ बस्ने बर्ष ४५ को गुलिराम चौधरी, रु। १७,५१०। जरिवाना ।

कञ्चनपुरमा पक्राउ परेका १० जना फरार प्रतिवादीहरु

१। महेश लुहार अभद्र व्यबहार मुद्दा १०,०००।– जरिवाना ।
२। आशिष सुनाह अभद्र व्यबहार मुद्दा ७०००।– जरिवाना ।
३। पशुपती दमाई अभद्र व्यबहार मुद्दा ४९,०००।– जरिवाना ।
४। अन्नु भन्ने ९अनुज गुप्ता० अभद्र व्यबहार मुद्दा ५,०००।– जरिवाना ।
५। दिपक थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।
६। निरा दमाई अभद्र व्यबहार मुद्दा ४,९००।– जरिवाना ।
७। गोपाल चुनारा अभद्र व्यबहार मुद्दा ३,०००।– जरिवाना ।
८। राम दत्त भट्ट कुटपिट मुद्दा १२५।– जरिवाना ।
९। राजी थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।
१०। राम थलाल कुटपिट मुद्दा १२५।– जरिवाना ।



मङ्गलबार २२, फागुन २०८० ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.