१५ वर्षीया किशोरीमाथी करणी, गर्भपतन गराउन खोज्ने महिला पक्राउ

युग संवाददाता     266 पटक पढिएको    

१५ वर्षीया किशोरीमाथी करणी, गर्भपतन गराउन खोज्ने महिला पक्राउ

 

धनगढी। कैलाली गौरीगंगा नगरपालिकाकी एक किशोरीमाथी करणी गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता भएको हो।

१८ वर्षीय किशोरले माघ २ गते ती किशोरीलाई करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी परेको थियो । उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन् । किशोरकी भाउजुलाई भने प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गतेमात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



बुधबार १६, फागुन २०८० ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal