मिडिया कप फुटसल  सेमीफाईनलमा पुग्ने तीन टिमको टुंगो

खेलकुद

Yugnepal     866 पटक पढिएको    

मिडिया कप फुटसल  सेमीफाईनलमा पुग्ने तीन टिमको टुंगो

मिडिया कप फुटसल  सेमीफाईनलमा पुग्ने तीन टिमको टुंगो

धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिनसम्म भएका खेलमा सेमिफाईनल पुग्ने तीन टीमको टुंगो लागेको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी प्रतियोगिता अन्तरगत चौथो दिनको खेलले अन्तिम चारमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ।

समुह ए बाट तीन खेलमा तीन जित निकाल्दै एसटिएस टेलिभिजन अन्तिम चारमा पुगेको छ। सोमबार भएको पहिलो खेलमा अनुमोदनलाई ११–० ले हराउँदै एसटिएस समुह ए बाट अन्तिम चारमा पुगेको हो। एसटिएसको लागि योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र समीर मगरले एक एक गोल गरे।

एसटिएसले लिगको अन्तिम खेलमा मंगलबार डेलीपाटी डटकमसँग खेल्नेछ। आज भएको दोस्रो खेलमा भने सुदुर सन्देशले सान्त्वना जित हात पारेको छ। सुदुर सन्देशले दिनेश एफएमलाई ५—० ले हराएको हो। सुदुर सन्देशका लागि राजकुमार चौधरीले ३ र बालकृष्ण शर्माले २ गोल गरे। तेस्रो खेलमा भने लागातार दोस्रो जित हात पार्दै पश्चिम टुडेले सेमिफाईनल पुग्ने सम्भावनालाई वलियो बनाएको छ।

पश्चिम टुडेले डेलीपाटी डटकमलाई ११—३ ले पराजित गर्यो। पश्चिम टुडेका लागि प्रदिप पाठक दिपक उपाध्याय र रोशन चौधरीले चार चार गोल गरे। डेलीपाटी डटकमका लागि सुनिल आउजीले दुई र पुष्कर विकले एक गोल गरे। तेस्रो दिनको अन्तिम तथा चौथो खेलमा जित हात पार्दै रेडियो धनगढी समुह बी को विजेता बन्दै सेमिफाईनल पुगेको छ।

रेडियो धनगढीले बी टिभीलाई ७—१ ले हराएको हो। रेडियो धनगढीका लागि लोक कार्कीले ५ गोल र प्रकाश छेडालले २ गोल गरे। बी टिभीका लागि नवराज धानुकले एक गोल गरे। 
प्रतियोगिता अन्तर्गत मंगलबार पनि लिग चरणका अन्तिम चार खेल हुनेछन।

प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वा्धिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ। 



सोमबार ०६, जेठ २०७६ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal