सोमबार, सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ ६ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ जयश्रीपशुपतिनाथकी - जय

Yugnepal     888 पटक पढिएको    

सोमबार, सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ ६ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ जयश्रीपशुपतिनाथकी - जय

 

वि।सं।२०७६ साल ज्येष्ठ ०६ गते । सोमबार । ईश्वी सन् २०१ ९ मे २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वितीया,५२ घडी ०४ पला,रातको ०२ बजेर ०४ मिनट उप्रान्त तृतीया । नक्षत्र ज्येष्ठा,५५ घडी ३५ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त मूल । योग शिव,१८ घडी २९ पला,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा पद्य योग । चन्द्रराशि बृश्चिक,रातको ०३ बजेर २९ मिनेट उप्रान्त धनु ।
काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५२ पला ।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुँनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्राहुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदारबिच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तबिच राय बाजिनेछ । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।
मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।
सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।
तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० पैत्रिक सम्पति तथा सरकारि धन हातलागि हुँने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पनर्पेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । घर परिवार तथा आफन्तबिचबो सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुँनेछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुँनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुँने हुँनाले दैनिकी प्रभावित हुँनेछ । उपलब्धिबिहिन काममा समय गुज्रिने हुँदा पढाई लेखाईमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुँन सक्छ ध्यान दिनुहोला ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।



सोमबार ०६, जेठ २०७६ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.