देशको समृद्धिका लागि सेयर कारोवार आवश्यक  छ मन्त्री;शाही

युग संवाददाता     354 पटक पढिएको    

देशको समृद्धिका लागि सेयर कारोवार आवश्यक  छ मन्त्री;शाही

धनगढी । भिजन सेक्युरिटिज प्रालि स्टक ब्रोकर नं  ३४ले सुदूरपश्चिम प्रदेशको धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।

धनगढी फागुन ५ धनगढीका  शनिवार निशुल्क रुपमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको समुदघाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शाहीले देशको समृद्धिका लागि सेयर कारोबारमा आम नागरिकको लगानी आवश्यक रहेको बताए । उनले देशको आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधारणहरुको लगानी जरुरी रहेको बताए । उनले भने –‘नयाँ उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, पर्यापर्यटन लगायतमा लगानी भएमा देशको आर्थिक समृद्धि सम्भव रहने छ ।’

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सचेतना कार्यक्रम गरिएको जनाएको छ । दोस्रो बजारमा कारोवार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्था, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा अनलाइन कारोबारसम्वन्धी व्यवस्थालगायतका विषयमा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।
उनले धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषणलगायतका बारेमा सहभागीलाई सेयरबजारबिज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिए ।

कार्यक्रममा सहभागिलाई निशुल्क प्रवेश रहेको थियो भने सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी थिए । धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरुलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको उनको भनाई छ ।
 
भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ ।

कार्यक्रमको सञ्चालन युवा विद्यार्थी सन्तोष पन्तले गरेका थिए । 



शनिबार ०५, फागुन २०८० १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal