सुदूरपश्चिम प्रदेश सरकारका  गठन भएको सय सय दिन पुरा

युग संवाददाता     88 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारका  गठन भएको सय सय दिन पुरा

धनगढीजेठ  ५  / सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ। गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको उनको दाबी छ ।
भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको विजारोपण भएको उल्लेख गरिएको छ। सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल थालिएको मुख्यमन्त्री शाहले बताए।
सरकारले पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमीटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट ४ हजार ५३८ जना लभान्वित भएका छन्। यो अवधिमा ३ वटा सडक पुल र १ झोलुङ्गेपुलको काम सम्पन्न भएको छ।
प्रदेश सरकारले थप १ हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन हुँदा प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ।

एक सय दिनको अवधिमा प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरिएको छ। मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात भएको, संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श  गरिनुका साथै ३ लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको सरकारले आफ्नो सय दिनको उपलब्धि मानेको छ।

मुख्यमन्त्री शाहले प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको बताए। सरकारले प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष पहल हुनुलाई सरकारको उपलब्धिका रुपमा लिएको छ  



शुक्रबार ०५, जेठ २०८० ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.