महाकाली करिडोरमा अवरोध हट्यो, रुख कटान गर्न आदेश

युग संवाददाता     619 पटक पढिएको    

महाकाली करिडोरमा अवरोध हट्यो, रुख कटान गर्न आदेश

 कञ्चनपुर / महाकाली करिडोरमा पर्ने रुख कटान गर्न आदेश डिभिजन वन कार्यालय कञ्चनपुरलाई आएको छ। महाकाली लोकमार्ग अन्तर्गत पर्ने बन क्षेत्रको रुख कटान गर्न डिभिजन वन कार्यालय कञ्चनपुरलाई आदेश आएको जनाइएको छ। मन्त्रीपरिषदको निर्णयबाट सो क्षेत्रमा पर्ने रुख कटानको आदेश आएपछि लामो समयदेखीको अवरोध हटेको छ।
अब कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्ने बाटो खुलेको छ। महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण दत्त जोशीले मन्त्रीपरिषदको निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश आएपछि सडक निमार्णको बाटो खुलेको बताए। उनले रुख कटानको आदेश आएपछि सडक निमार्णको कामले तिब्रता पाउने बताए।
निमार्ण व्यवसायि काम गर्नका लागि तयारी अवस्थामा रहेको उनको भनाई छ। उनले अब लोकमार्ग निमार्णको कामले तिब्रता पाउने बताए। निर्माण व्यवसायीले ठेक्का पाए पनि रुख कटान आदेश नहुँदा काम भने अगाडि बढ्न सकेको थिएन। लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने बताइएको छ।



बुधबार २२, चैत २०७९ ०४:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal