भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ  रमेश लेखक

युग संवाददाता     154 पटक पढिएको    

भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ  रमेश लेखक

काठमाण्डौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।

मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ । उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए । ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, उनले भने ।



बुधबार १५, चैत २०७९ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.