एमालेको कार्यक्रम बिथोलियो, रावल पक्षधरद्धारा नाराबाजी र कुर्सी प्रहार

युग संवाददाता     209 पटक पढिएको    

एमालेको कार्यक्रम बिथोलियो, रावल पक्षधरद्धारा नाराबाजी र कुर्सी प्रहार


धनगढी। अछाममा एमालेको ग्रास रुट कार्यक्रममा विरोध भएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको हो ।

अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको हो। सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति बिपरित एक नेताले मन्तव्य व्यक्त भए पछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका छन्।

त्यसपछि कार्यक्रम नै विथोलिएको थियो। कार्यक्रम सुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेका थिए ।साँफेबगर स्थित खाद्य गोदामको हलमा आयोजित उक्त कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो ।
लगातारको नाराबाजी र असमान्य अवस्था पछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिने भनेपछि अवस्था सामान्य बनेको थियो।दुुबै पक्षबीच रावलका सन्दर्भमा कसैले केही नबोल्ने सर्तमा करिब एक घण्टापछि कार्यक्रम सुचारु भएको अछामस्थित एक जना एमाले नेताले बताए। उपाध्यक्ष पौडेलले पनि भीम रावलका सन्दर्भमा कुरा सुरु गर्नै लाग्दा पुनः नाराबाजी सुरु हुने अवस्था भएपछि पौडेलले रावलका नकारात्मक कुरा नगर्ने बताएका थिए ।



मङ्गलबार १४, चैत २०७९ ०५:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal