दश दलको बैठक आज पुनः बस्दै

युग संवाददाता     118 पटक पढिएको    

दश दलको बैठक आज पुनः बस्दै

 

काठमाडौं । आज दश दलको बैठक पुनः  प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।  उपराष्ट्रपतिको निर्वाचन र गठबन्धनका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको हो । 

हिजो  बालुवाटारमामा दश दलको बैठक बसेको थियो । बैठकले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको छ । उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन् । 

९जसपा०लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ ।  प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिई सकेकी छन् । जनता समाजवादी पार्टी  नेकपा ९एमाले०को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । 
बैठक आज पुनः बस्ने माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए । बस्नेतले भने, “ बुधबारको छलफल सकारात्मक भएको छ, पुनः बिहीबार बसेर टुङ्गोमा पुग्नेछौँ ।” 

नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीलगायत दश दलको सहभागी बैठकले उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल गरेको थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई लगायत सहभागी थिए । 



बिहिबार ०२, चैत २०७९ ०४:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.