बैतडीमामा आगलागी हुँदा १२ लाखको क्षति

युग संवाददाता     203 पटक पढिएको    

बैतडीमामा आगलागी हुँदा १२ लाखको क्षति

 

बैतडी फागुन २७ । बैतडीमा एक पसलमा आगलागी हुँदा १२ लाखको क्षति भएको छ। बैतडीको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ। आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका छन्। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।



शनिबार २७, फागुन २०७९ ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.