लालझाडीका ६ घरबाट ठुलो परिमाणमा काठ बरामद

युग संवाददाता     208 पटक पढिएको    

लालझाडीका ६ घरबाट ठुलो परिमाणमा काठ बरामद


कञ्चनपुर माघ ९  कञ्चनपुरको लालझाडीका वनबाट काठ चोरी तस्करी बढेको छ। विगत बर्ष जस्तै यस बर्षपनि लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन्। दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि वितरण गरेका स्थानियले बताएका छन्।

तस्करी बढेपछि डिभिजन वनको टोलीले आइतबार अनुगमनका क्रममा लालझाडी गाँउपालिका ४ देखतभूलीबाट ठुलो परिमाणमा काठ बरामद गरेको छ। सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले देखतभूलीका ६ घरबाट काठ बरामद गरिएको जानकारी दिए। उनले चिरान गरीएको र गोलिया सहितको काठ झण्डै २११।१७ क्युफिट काठ बरामद गरिएको बताए । चिरानको ७४।८क्युफिट र १३६।३७ क्युफिट गोलिया बरामद गरिएको उनको भनाई छ।

उनका अनुसार सुविता रानाको घरबाट ६।८७ चिरान, ३८।२८ गोलिया, मोति रानाको घरबाट १५।१८ चिरान, ३८।०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३।७४, काली रानाको घरबाट चिरान १९।०१ विक्रम रानाको घरबाट २७।१४ र भङगी रानाको घरबाट ३२।९४ क्युफिट गोलिया बरामद गरिएको छ । सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले शुरुवाती चरणमा काठ बरामद गरेर सो काठ अहिले सव डिभिजन वन कार्यालय वाणीमा राखेको बताए। वन, प्रहरी र जनप्रतिनिधी सहितको टोलीले विशेष अप्रेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दा समेत शंकास्पद कुनैपनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वनमाथि थप शंका गरेका छन।


उनीहरुले उक्त काठ नजिकै सःमिलमा बिक्रि वितरणका लागि राखिएको र उक्त सःमिलका संचालकको वनका कर्मचारीसंग सम्बन्ध बिग्रीएपछि मात्रै काठ बरामद गरिएको बताईएको छ।विगतमा समेत ति सःमिलका संचालक अवैध काठ सहित पक्राउ गरेको ‘एक स्थानीयले बताए। ‘अहिले पनि त्यहाँ सहित जिल्लाभरीका अधिकाँस काठ मिलमा अवैध काठ जान्छ, तर वनले समात्दैन । वनकै स्वार्थ मिले समात्दैन नमिले समात्ने गरेको उनले भने ।तर, डिभिजन वन कार्यालय कञ्चनपुरले भने काठ तस्करीमाथि कार्बाही गर्ने र नियन्त्रण गर्ने विश्वास लिएको छ। डिभिजन वन कार्यालयले काठ तस्करमा संलन्न व्यक्ति समुह जो सुकैलाई कार्बाही गर्ने बताएको छ। साथै वनमाथि अनेकन शंका उपशंका नगर्न समेत आग्रह गरेको छ।



सोमबार ०९, माघ २०७९ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.