प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं शेखर कोइराला

युग संवाददाता     178 पटक पढिएको    

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं शेखर कोइराला

काठमाडौँ माघ ८  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । आइतबार संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाको भनाई छ।


काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन्। हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं,उनले भने, तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन। बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् । बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो। विश्वासको मत दिन हुन्थेन,उनले भने ।‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ।

कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो।कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका मा‌ओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए। सोही दिन उनी प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका दाहालले कांग्रेसको पनि विश्वास पाएका थिए। दाहालको विपक्षमा जम्मा २ मत परेको थियो । उनलाई २६८ सांसदले विश्वासको मत दिएका थिए । कांग्रेसले विश्वासको मत दिएपछि उसको स्थान सत्तापक्षमा हो कि प्रतिपक्षमा भन्ने प्रश्न उठेको छ।



आइतबार ०८, माघ २०७९ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.