लम्कीमा खुकुरी प्रहारबाट २ जना घाइते, चार पक्राउ

युग संवाददाता     213 पटक पढिएको    

लम्कीमा खुकुरी प्रहारबाट २ जना घाइते, चार पक्राउ


लम्की माघ  ५   । कैलालीको लम्कीमा खुुकुुरी प्रहार बाट २ जना युवक घाइते भएका छन। कैलालीको लम्कीचुहा नगपालिका १ भुरुवामा खुकुरी प्रहारबाट भुरुवामा जगत टमट्टा र राजेश टमट्टा घाईते भएका ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। सोमबार राति छिमेकीको घरमा डेगमा नाच्न गएको समयमा करीब १० बजे तिर सामान्य आपसी विवाद भएको थियो।

विवादका कारण स्थानिय ४ जना युवाको समुहले २१ बर्षीय जगत टमट्टा र २५ बर्षीय राजेश टमट्टा माथी धारीलो हरीयार प्रहार भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले बताए। घाइते दुुबैजनाको लम्की स्थीत लालरत्न अस्पतालमा उपचार भइरहेको छ। खुुकुुरी प्रहारबाट घाईते भएका राजेश टमट्टाले आफुुहरु आफनो कान्छा बुुवाको घरमा भाईको जन्मदिन सकेर नजिकै रहेको घरजाँदै गरेको अवस्थामा एकासी आफुमाथीखुकुरी प्रहार भएको बताएका छन। रोजगारीको शिलशिलामा भारतमा रहेका जगत र राजेश केही महिना अगाडी मात्र घर आएको बताउदै राजेशका बुुवा देउमल टमट्टाले आफ्ना निर्दोश छोरामाथी ज्यानमार्ने उदेश्यले सांघातिक आक्रमण भएकोले दोषि माथी कडाभन्दा कडा कारबाहीको माग गरेका छन।

प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको जनाएपनी नाबालक भएकाले आरोपितहरुको नाम भने खुलाएको छैन। घटनामा संलग्न एक जना खगेन्द्र देवकोटा रहेका छन्। खुकुरी प्रहार गर्ने ३ जना १५ बर्ष मुनिका नाबालक रहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए। नाचगान भइरहेको अवस्थामा डेग बन्द गरेको आबेगमा आफुहरुले खुुकुुरी प्रहार गरेको आरोपितहरुले स्वीकार गरी सकेको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई ज्यानमार्ने उद्योगमा मुुद्दाचलाउने पनी प्रहरीले बताएको छ। तर पिडित पक्षको भने अहिले सम्म प्रहरी कार्यालय लम्कीमा जाहेरी नआएको समेत प्रहरीले जनाएको छ। यता कैलालीका पुर्वि क्षेत्रमा मोटरसाईकल चोरी, लुटपाट र धारिलो हतियार प्रहारका घटना बढेको भन्दै शान्ती सुरक्षा कायमको माग गरिएको छ।स्थानियले शान्ती सुरक्षाकालागी स्थानिय सरकार र प्रशासन गम्भीर हुनुपर्ने बताएका छन्।



बिहिबार ०५, माघ २०७९ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.