प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो कांग्रेस बैठक

युग संवाददाता     282 पटक पढिएको    

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो कांग्रेस बैठक

 

काठमाडौं पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । नेपाली कांग्रेसले अहिलेको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा छलफल भइरहेको छ। 

सोमवार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापतिसँगको भेटमा आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनको आग्रहलाई सकारात्मक रूपमा देउवाले लिएको सञ्चार माध्यमहरूमार्फत बाहिर आएको थियो। उक्त सन्देशले राजनीतिमा नयाँ तरङ्ग ल्याएको थियो। कांग्रेसको पदाधिकारी बैठक र संसदीय दलको बैठकले निर्णय गर्ने छ । उक्त निर्णयमा अहिले छलफल जारी रहेको छ।

नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।



मङ्गलबार २६, पुष २०७९ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.