भारतको गुजरातबाट कैलाली आउँदै गरेको बस दुर्घटना

युग संवाददाता     215 पटक पढिएको    

भारतको गुजरातबाट कैलाली आउँदै गरेको बस दुर्घटना

 

धनगढी पुस २५। भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ३ जना नेपालीसहित चार जनाको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति करिब १२ बजेतिर भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।

प्रहरीकाअनुसार टीकापुर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीय चन्द्र साउँद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन्। अन्य १७ जना घाइते भएका छन्। उनीहरुको परिचय भने खुल्न बाँकी छ। बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो।

दुर्घटनाको कारण भने खुलेको छैन। बसमा ६६ जना यात्रु रहेको खबर आएको छ। बसमै यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन्। भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ। भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।



सोमबार २५, पुष २०७९ ०२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.