अनुसन्धान सुरु   डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

युग संवाददाता     227 पटक पढिएको    

अनुसन्धान सुरु   डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

कञ्चनपुर  पुस २२ । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान सुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

१३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ । रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ । यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।



शुक्रबार २२, पुष २०७९ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.