नेपाली कांग्रेस सुदुरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत

युग संवाददाता     354 पटक पढिएको    

नेपाली कांग्रेस सुदुरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत

 


धनगढी पुस २०  नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। १९ जना सांसद रहेको सुदूर पश्चिम प्रदेश सभामा काँग्रेसको संसदीय दलको नेतामा अन्तिम समयमा आएर शाह सर्वसम्मत रूपमा चयन भएका हुन्।

यसअघि कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले बताए। दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले बताए । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क बाट शाह प्रत्यक्ष निर्वाचित भएका थिए।

शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन् । मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमती नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो। उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमती गरेका हुन् ।



बुधबार २०, पुष २०७९ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal