प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

युग संवाददाता     179 पटक पढिएको    

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

 

काठमाण्डौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। उनले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन्।प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्ने भएको छ। प्रधानमन्त्री प्रचण्डले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।

उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका हुन्। गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । प्रधानमन्त्री प्रचण्डले ११ पुसमा शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए।



सोमबार १८, पुष २०७९ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.