धनगढी पुस १७ नेकपा माओवादी केन्द्र को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा खगराज भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।
आइतबार विहान बसेको सो पार्टीको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो ।
भट्ट डडेल्धुराको् प्रदेश सभा क सदस्यमा निर्वाचित भट्ट सो पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन ।
नेकपा माओवादी केन्द्र को सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार नै भट्टलाई दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको थियो । तर शनिबार दिनभर बसेको बैठकले नेता छान्न सकेन ।
अर्का दावेदार ओमविक्रम भाट सरलले समेत दलको नेता हुने आकांक्षा राखेपछि दलको नेता छान्न ढिलाई थियो ।
प्रदेश सभा सदस्य रमेश धामीले भट्टलाई नै सरकार निर्माणको लागि पहल गर्ने जिम्मेवारी दिएको बताए ।
प्रदेश सभामा सो पार्टीका ११ जना सदस्य छन् ।
यसअघि नेकपा एमाले नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी ले दलको नेता छानिसकेका छन् ।
प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने प्रदेश सभा सदस्य पदम शाहीले बताए । प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौ छन् ।
प्रतिकृया दिनुहोस