सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई शपथ ग्रहण

युग संवाददाता     280 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई शपथ ग्रहण

 

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सुरु भएको छ। प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को २० बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ ग्रहण गराएका हुन्।

त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको थियो।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता तथा सञ्चालन रावलले नै गर्नेछन्। पुर्व निर्धारित समयअनुसार नै अहिले प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने काम भइरहेको हो।



शुक्रबार १५, पुष २०७९ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal