देउवाले एकलौटी गर्दा गठबन्धन भत्किएको कोइराला समूहको निष्कर्ष

युग संवाददाता     293 पटक पढिएको    

देउवाले एकलौटी गर्दा गठबन्धन भत्किएको कोइराला समूहको निष्कर्ष

 

काठमाडौंः नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ। डा शेखर कोइराला समूहको बुधबार बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन्।

इतर समूह आगामी केन्द्रीय कार्य समिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बालुवाटारस्थित नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो। पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने तयारी छ। 


नयाँ सत्तासमीकरण भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ। संसदमा ठूलो दल बनेको कांग्रेस पार्टी सभापति देउवाकै हठका कारण प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसभित्र विवाद सिर्जना भएको छ। पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ। एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन्।



बिहिबार १४, पुष २०७९ ०६:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal