मेलौली नगरपालिकामा गरिएको ताला खुलेन

युग संवाददाता     303 पटक पढिएको    

मेलौली नगरपालिकामा गरिएको ताला खुलेन

 

बैतडीपुस १२ जिल्लाको मेलौली नगरपालिकामा गरिएको ताला अझै खुलेको छैन्। तालाबन्दी गरिएको एक हप्ता भइसकेको छ।

आधारभूत अस्पताल निर्माणको बिषयमा ७ नम्बर वडाका स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै स्थानमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको थियो। तर स्थानीयले अघि सारेका माग पुरा नभएको भन्दै तालाबन्दी खोलिएको छैन्। 


मेलौली नगरपालिका–१ का स्थानीयहरुले बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका हुन्। अस्पताल निर्माणको विषयलाई लिएर गत बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका थिए। सङ्घीय सरकारले २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन। लामो समयसम्म वडा नं १ मा बनाउने वा वडा नं ७ भन्नेमै टुंगो लागेको छैन्।



मङ्गलबार १२, पुष २०७९ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal