सुदूरपश्चिमबाट दामोदर भण्डारी बने संघीय सरकारको मन्त्री

युग संवाददाता     541 पटक पढिएको    

सुदूरपश्चिमबाट दामोदर भण्डारी बने  संघीय सरकारको  मन्त्री

 

धनगढीः बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन् ।  २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका अध्यक्ष पनि हुन्। 

 
उनी शपथ ग्रहण गर्न राष्ट्रपति कार्यालय जाँदै छन्। उनको मन्त्रालयको टुङ्गो भने लागेको छैन। भण्डारीसँगै  प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दै छन्।


एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ। यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन्।



सोमबार ११, पुष २०७९ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal