कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

युग संवाददाता     184 पटक पढिएको    

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

कास्की /  कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । 

उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।  यसैगरी गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो । 



बिहिबार ०८, मङि्सर २०७९ ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.