कैलाली ५ मा मतगणना गर्न माग गर्दै नाराबाजी

युग संवाददाता     141 पटक पढिएको    

कैलाली ५ मा मतगणना गर्न माग गर्दै नाराबाजी

धनगढी  । कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ  सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी गरेका छन् ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टले मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याकै कारण मतगणनामा ढिलाई भएको बताएका छन् ।  



सोमबार ०५, मङि्सर २०७९ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.