अछाममा श्रममन्त्री शेरबहादुरको क्षेत्रमा ३ बजेपछि मतगणना

युग संवाददाता     144 पटक पढिएको    

अछाममा श्रममन्त्री शेरबहादुरको क्षेत्रमा ३ बजेपछि मतगणना

अछाम  । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन ।भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुचारु गर्ने सहमति जुटाएको स्थानीय विनोद धामीले बताए ।

अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ । यहाँ दुई वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहोरा उठेका छन् । त्यस्तै,क्षेत्र नम्बर २ मा एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।



सोमबार ०५, मङि्सर २०७९ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.