बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे–मार्तडी सडक बन्द

युग संवाददाता     171 पटक पढिएको    

बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे–मार्तडी सडक बन्द

बाजुरा  । बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युपछि एमाले निकट समर्थकहरूले उक्त सडक खण्ड बन्द गराएका हुन् । सडक अवरुद्ध गरेर दोषीमाथि कारवाहीको माग गरेका छन् । बाजुराको त्रिवेणी ७ को नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले अएडीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेका उनको उपचारका लागि बलयपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएको थियो । गोली लागेर कांग्रेसका स्थानीय कार्यकर्ता सञ्जिब ऐरीको मृत्यु भएको थियो । उनको मृत्युपछि कांग्रेस कार्यकर्ता उग्र बनेका थिए । सोही क्रममा उनीहरूले अयडीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर बनेका उनलाई हेलिकप्टर मार्फत उपचारका लागि लैजाने भनिएको थियो । तर, हेलिकप्टर आउन ढिलाई भएपछि उनलाई बलयपाटा अस्पताल लगिएको थियो । तर, अस्पतालमा पुर्याउँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी घरमै रहेको अवस्थामा कांग्रेस कार्यकर्ताले तानेर लगेर कुटपिट गरेको आरोप लगाएका छन् ।



सोमबार ०५, मङि्सर २०७९ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.