बैतडी जीप दुर्घटना : गम्भीर घाइते चार जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो

युग संवाददाता     143 पटक पढिएको    

बैतडी जीप दुर्घटना : गम्भीर घाइते चार जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो

बैतडी  । बैतडीमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि लगिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । दुर्घटना घाइते भएका ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा सोमबार बिहान से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका सदरमुकाम पुर्याएर फर्कदै गरेको प्रहरी सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 



सोमबार ०५, मङि्सर २०७९ ०४:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.