कैलालीमा ५९.७१ प्रतिशत मत खस्यो

युग संवाददाता     190 पटक पढिएको    

कैलालीमा ५९.७१ प्रतिशत मत खस्यो

धनगढी । कैलालीमा ५९.७१ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार निर्वाचनको लागि तोकिएको समायवधिसम्म पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल तीन लाख १९ हजार ७७९ मत खसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यो जिल्लामा एक लाख ४८ हजार ९०० पुरुष, एक लाख ७० हजार ८७४ महिला र पाँच जना अन्यले मतदान गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । कैलालीमा महिला दुई लाख ७३ हजार ८८३, पुरुष दुई लाख ६१ हजार ६२० र ११ जना तेस्रो लिङ्गी गरी जम्मा पाँच लाख ३५ हजार ५१४ मतदाता रहेका छन् । 



आइतबार ०४, मङि्सर २०७९ ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.